पथरीशनिश्चरेमा सडक शिलान्यास

पथरी । मोरङको पथरीशनिश्चरे ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । शनिबार वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र

स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा २८० मिटर सडक स्तरोन्नतीको लागि शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष भण्डारीका साथ वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, स्थानीय युवा समाजसेवीहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, शमशेर राईलगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा वडाबाट विनियोजित बजेटले देउराली चोकदेखि आपगाछीसम्मको सडक स्तरोन्नती, सेतीसिलवाल टोलदेखि कोसेली चोकसम्म १ नम्बर ग्राभेल र प्रगति चोकदेखि वडा कार्यालय जानेबाटो लुज ग्राभेल गरिनेछ । त्यसको लागि वडाले १० लाख २५ हजार रुपैयाँ छुट्याएको छ ।
सडक काविल कन्ट्रक्सनले टेन्डर प्रक्रियाबाट ९ लाख ९९ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

शनिबार, २४ फागुन, २०७६, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर