विराटनगर । मानव तस्करले घरयासी श्रमिकका रूपमा कुवते पठाउन लागेका दुई युवतीलाई मोरङ प्रहरीले जोगवनी नाकाबाट उद्धार गरेको छ ।
युवतीलाई नाका कटाउन लागेका विराटनगर १ का दीपक कुर्मीलाई पक्राउ गरेको प्रहरीले मुख्य दलाल भने फरार रहेको जनाएको छ ।
सिन्धुपाल्चोकका अर्जुन तामाङले काठमाडौंबाट माघ २१ गते राति बसमा विराटनगर पठाएका युवतीलाई राजुप्रसाद रिजाल हुँदै कुर्मीले भारत लैजान लागेका थिए । रिजालले बिहीबार उनीहरुलाई नाका कटाउन कुर्मीसँग जोगवनी पठाएको बेला प्रहरी नियन्त्रणमा परेका हुन् ।
सोधपुछका क्रममा कुवेत पठाउन लागेको पत्ता लागेपछि कुर्मीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । प्रहरीले सोधपुछ गर्दा सुरुमा युवतीहरुले बिरामी रहेका आफन्तलाई भेट्न आएको र किनमेलका लागि जोगवनी गएको बताएका थिए ।
प्रहरीले तामाङ र रिजालको गिरोह मानव तस्करीमा पहिलेदेखि नै संलग्न रहेको जनाएको छ । उद्धार गरिएका युवतीहरूले वैदेशिक रोजगारीको बहनामा झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भन्दै तामाङ, रिजाल र कुर्मीविरुद्ध जाहेरी दिएका छन् । आपूmहरुलाई खानबस्नसहित मासिक ३० हजार रुपैयाँ कमाई हुने आश्वासन दिएको उनीहरुले बताएका छन् ।