विर्तामोड । नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ ।
आर्थिक अवस्था कमजोर भएपछि विदेशिनुपर्ने बाध्यात्मक अवस्थालाई शब्दमा उतारेर भिडियोसमेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका आमाबुबाले नेपालमा भोग्नुपरेका समस्यालाई उतारिएको छ ।
गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् । हालै युटुवरमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर झापाली लेखक तथा गायक मात्रृकाप्रसाद संग्रौलाको रहेको छ । पदम तामाङको निर्देशनमा बनेको सो म्यूजिक भिडियोमा जनक खड्का र भगवती न्यौपाने लगायतले उत्कृष्ठ अभिनय गरेका छन् ।
भुपेन्द्र गुरुङको छायाङ्कन रहेको सो म्युजिक भिडियोको सम्पादन रविन थापा मगरले गरेका छन् । ती शब्दलाई अभिनयको माध्यमबाट कलाकार जनक खड्का, भगवती ढुंगेल, बीरबहादुर भुजेललगायतले मूर्तरुप दिएका छन् । म्यूजिक भिडियो हाइलाइष्ट्र नेपाल प्रालिले बजारमा ल्याएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।