लोड हुँदैछ...

मेनु

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्य खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार राति सकिने भएकोले केही घण्टा अगाडि मात्र खतिवडाले राजीनामा दिनुभएको हो ।

खतिवडाको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्दै उहाँले सम्हालेको दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपीलाई नै तोक्नुभएको छ । खतिवडालाई बुधबार पुनः मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान छ । संवैधानिक प्रावधानअनुसार खतिवडाको पद समाप्त हुने भएकाले उनलाई नै अर्थमन्त्रीमा निरन्तरता दिनुपरे पुनर्नियुक्तिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ ।

संसद् सदस्यकै हैसियतले मन्त्री हुने व्यक्तिको मन्त्री पद सांसद पदमा आश्रित रहने भएकाले सांसदको पदावधि सकिनासाथ समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।