उद्योग वाणिज्य संघमा राई

धनकुटा । उद्योग वाणिज्य संघ धनकुटामा नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई अध्यक्ष चयन हुनुभएको छ ।

संघको निर्वाचनमा ८ पदाधिकारी र ११ सदस्य पदमा सबैजना निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा तारा तितुङ, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, खगेन्द्रकुमार बिष्ट, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर तामाङ गोङ्वा, सचिवमा रामबहादुर राया र कोषाध्यक्षमा रुपेश श्रेष्ठको एकल उमेद्वारी परेको थियो । त्यस्तै सदस्यहरुमा अम्विका धमला, रेजिना पलिसे, सुनिता थापा पौडेल, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ, उज्वल कर्माचार्य, दिजेश शाक्य, देवीबहादुर वि.क. र भीमबहादुर खेवा लिम्बूले एकल उम्मेद्वारी दर्ता गरेकोले निर्बिरोध भएका हुन् ।

लामो समयपछिको रस्साकस्सीपछि नेकपा र कांग्रेसबीच भागबन्डा मिलेकोले सबै निर्बिरोध निर्वाचित भएका हुन् । निर्वाचन प्रक्रियामा लफडा हुँदा गत मंसिर २३ गते असन्तुष्ट व्यवसायी र लोकतान्त्रिक पक्षधर व्यवसायीले मंसिर २८ गते तालाबन्दी गरेका थिए । कार्यालयको ताला ८० दिनपछि सहमति जुटेर खुलेको हो ।
काँग्रेस र समाजवादीले अध्यक्षसहित ९ जना र नेकपाले वरिष्ठ उपाध्यक्षसहित १० जना लिने सहमति भएपछि तालाबन्दी खुलेको हो ।

सोमबार, १९ फागुन, २०७६, रातीको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर