अनलाइन ठगी गर्नेहरु जेल चलान

विराटनगर । ‘अनलाइन सपिङ’ का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइेक मोरङको सुन्दरहरैचा नगरपालिका–३ का विशाल अर्याल भनिने निरन्जनप्रसाद आर्चायसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजालशले आर्चायसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न र तीन जनालाई जनही १÷१ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि खोटाङ्गको जन्तेढुँगा–४ चिसापानीका २४ वर्षीय शिवजी खड्का र २१ वर्षीय देवी चम्लागाईं पूर्पक्षको लागि कारागार चलान भएका छन् । प्रतिवादीहरू भावना राई, लक्ष्मी कार्की र सानु गौतम जनही १÷१ लाख धरौटीमा रिहा भएका छन् ।

थुनामा गएका प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि सहिंता, २०७४ को दफा ६७ बमोजिम मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ८० बमोजिम पुर्पक्षको लागि थुनामा गएको अदालतले आदेशमा उल्लेख छ । यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम भावना, लक्ष्मी र सानु धरौटिमा रिहा भएको अदालतले जनाएको छ । पक्राउ परेकामध्ये २ जना नावलक भएकोले उनीहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको छ ।

अनलाइन सपिङको नाममा ठगि गर्ने गिरोहका मुख्य नाइके आर्चायसहित प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत गत फागुन ६ गते मोरङ अदालतमा १ जनालाई फरार प्रतिवादी बनाएर ९ जना विरूद्ध मुद्दा दर्ता गरेको थियो । उनीहरु विरुद्ध अपराधिक समूह स्थापना, संचालन गरी ठगी, बैकिङ्ग कसुर र सरकारी दस्तखत किर्ते’ मुद्दा दर्ता भएको थियो ।

प्रहरीको अभियोग अनुसार ठगीका मुख्य गिरोह आचार्यले ३० हजार तलब दिने सहमतिमा किशोरीहरूलाई सेल्स एण्ड मार्केटिङ्गको काममा लगाएका थिए । उनीहरूले बिभिन्न बैंकहरूको खातामा आएको पैसा उठाएर आचार्यलाई दिने गरेका थिए । आचार्यले ठगी धन्दामा अन्य सात जनालाई परिचालन गरेको खुलेको छ ।
पक्राउ परेका युवतीलाई आचार्यले बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पु¥याएको खुलेको थियो । आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको अभियोग पत्रमा उल्लेख छ ।

आचार्यले विभिन्न बैंकमार्फत ९० लाख रुपैयाँ भन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ । ठगी गर्ने क्रममा उनले २५ भन्दा बढी भारतीय र नेपाली बैंक प्रयोग गरेका थिए । उनका ७८ वटा नेपाली र १७ वटा भारतीय बैंकका खाता रहेका छन् । उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको अभियोगमा उल्लेख छ ।

सोमबार, १९ फागुन, २०७६, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर