विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बाँसबारीमा करेन्ट लागेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ ।
घरनजिकै रहेको पैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४० वर्षीय राजु विश्वकर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
पैनीमा माछालाई लगाएको करेन्ट आफ्नै शरीरमा लागेपछि विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।