विराटनगर । नेपाल ट्रेड युनियन महासंघ आबद्ध नेपाल ट्रेकिङ, ट्राभल्स ,र्याफ्टिङ, एयरलाइन्स, सस्कृति, परातात्बिक, काग्रो कुरियर श्रमिक युनियन सुख्खा बन्दरगाह बिराटनगर नगर कमिटी गठन भएको छ ।
लिलानन्द मण्डलको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष सपन देव, सचिव श्रीप्रकाश यादब, सहसचिव सुरेश मण्डल र कोषाध्यक्ष राधादेबि मण्डल रहेका छन् । यस्तै सदस्यहरुमा शंंकर मोची, पर्शुराम ठाकुर ,गुनहरी मण्डल र हुलास मण्डल चयन भएका छन् ।
कार्यक्रममा जिफन्ट प्रदेश अध्यक्ष किशोर धमला, जिफन्ट सदस्य धर्मानन्द सन्जेलसहितको सहभागिता थियो ।