स्थापना दिवसमा सहयोग

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई सिद्धिविनायक बहुउद्देश्य सहकारी संस्था लि. ले खाद्यान्न सहयोग गरेको छ ।

उर्लाबारी–५ मा रहेको सहकारीले १७ औं स्थापना दिवसको अवसर पारेर बिहीबार खाद्यान्य सहयोग गरेको हो ।

चामल, दाल, भुजालगायतका खाद्य सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष सुरवीर कार्कीले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहलाई संस्थाको स्थापना दिवसको अवसरमा सहयोग गरेको र प्रत्येक वर्ष सामाजिक सेवामा काममा सहकारी क्रियाशिल रहने उहाँको भनाइ छ ।

उर्लाबारी ७ का वडाध्यक्ष बीरबल थापाले उर्लाबारीभरीका सहकारीहरुलाई सामाजिक सेवाका कामलाई समेट्न अघि बढ्न अनुरोध गर्नुभयो । सानो सहयोगले कसैको मुहारमा खुसी छाउने भएकाले त्यसप्रति सहकारीलगायत सबै संघसंस्थाहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

सहकारीले स्थापना दिवसमा नमूना बालगृहमा सहयोग गरेर उदाहरणीय कार्य गरेको भन्दै सहकारीले प्रशंसा गरेका थिए । बालगृहका सचिब जीवन घिमिरेले सहयोगी दाताकै भरमा गृह सञ्चालन भइरहेको जानकारी दिनुभयो । गृहमा हाल ४७ जना बालबालिका आश्रित रहेका छन् ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर