विर्तामोड । झापाको बिर्तामोड नगरपालिका ४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार साँझ स्थानीय कोपिला लिम्बू तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले धरधनीसहित जुवाडेहरु पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घरधनी २६ वर्षीया कोपीला, हल्दिवारी ४ का ५२ वर्षीय प्रलाद चुँडाल, विशुलाल मेचे, हल्दिवारी ५ का ३५ वर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका १३ का ५३ वर्षीय दिपेश क्षेत्री र ४६ वर्षीय भुपु राईलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद ९८ हजार रुपैयाँ, भारतीय रुपैयाँ १ हजार, मोवाइल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कारसमेत बरामद गरेको छ ।
पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।