धरान । युकेएफसी भारतलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सुनसरीको धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको बुधबार सम्पनन पहिलो सेमिफाईनल खेलमा युकेएफसी खर्साङ भारतलाई २–० गोल अन्तरले पराजित गरि मनाङ फाईनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको १८ औं मिनेटमा मनाङका खेलाडी विमल रानाले पहिलो गोल गरेका थिए भने अन्तिम ईन्जुरी टाईममा दयानन्द सिंहले गरेको हेडिङ गोलमा परिणत भएपछि मनाङ २–० गोल अन्तरले बिजयी भएको हो । निर्धारित खेल समयमा युकेएफसी खर्साङ भारतले मनाङलाई निकै दबाबमा राखेपनि गोल गर्ने मौका भने चुकाएको थियो ।
मनाङका प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडीलेले टेक्नीकल हिसाबमा खेल खेलेर जित निकालेको बताउनुभयो । एक दिन मात्रै आराम गरेर खेलेकाले खर्साङसँग सामना गर्न गाह्रो भएपनि खेलबाट सन्तुष्ट रहेको उहाँको प्रतिक्रियया छ ।
युकेएफसीका प्रशिक्षक उर्गेन लामाले नेपालको लिग खेल्ने राम्रो टिमसँग खेल्नुपर्दा पराजित भएपनि आफ्नो खेलाडीको खेलबाट सन्तुष्ट रहेको बताउनुभयो । आफ्नो टिम दार्जिलिङ जिल्लाकै उत्कृष्ट भएपनि केही जुनियर खेलाडी भएकोले पराजित भएको उहाँको भनाइ छ ।
खेलमा युकेएफसी खर्साङका वाङ्देन तामाङ, बिरेन प्रधानले पहेँलो कार्ड पाएका थिए भने मनाङका बिमल राना, अन्जान बिष्ट, आदित्य चौधरीले पहेँलो कार्ड पाए । २२ औं बुढासुब्बा गोल्डकपमा बुधबारको खेलमा सबै भन्दा बढी खेलाडीले पहेलो कार्ड पाएका थिए ।
पहिलो सेमिफाइनल खेलको उत्कृष्ट गोलकर्ता मनाङका दयानन्द सिँह घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे खेलको म्यान अफ दि म्याच युकेएफसी खर्साङका आषिश देवान घोषित भई नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।