लोड हुँदैछ...

मेनु

मिक्लाजुङले ल्यायो ९२ करोड ८४ लाख बराबरको बजेट

मिक्लाजुङले ल्यायो ९२ करोड ८४ लाख बराबरको बजेट

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाको १८ औँ गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९२ करोड ८४ लाख ३५ हजार १०५ बराबरको वार्षिक बजेट पारित गरेको छ ।

गाउँसभाले असार १० गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । स्थानीय तहहरूले असार महिनाभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभाबाट पारित गर्ने संवैधानिक व्यवस्था रहेको छ । पालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममाथि छलफलपछि सदस्यहरूले दिएका सुझाव समेटेर बजेट पारित गरिएको छ ।

पारित बजेटअनुसार गाउँपालिकाले आन्तरिक आयबाट रु. १६ करोड ७ लाख , राजस्व बाँडफाँटबाट मु.अ.कर रु. ७ करोड ७८लाख ८९ हजार, अन्त शुल्क ३ करोड ३३ लाख ८१ हजार , संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमार्फत बाँकी रकम व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, रोजगार प्रवद्र्धन तथा संस्थागत क्षमता विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ । स्थानीय स्रोत, राजस्व बाँडफाँट तथा संघीय–प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई समेटेर तयार गरिएको बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ । बजेट कार्यान्वयनमार्फत स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाउने, उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने तथा पूर्वाधार निर्माणलाई तीव्रता दिने लक्ष्य राखिएको छ । सभाअध्यक्ष पालिका अध्यक्ष बबीकुमार राईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।