लोड हुँदैछ...

मेनु

विष्णु पौडेललाई पक्राउ गर्नुको कारण सोध्यो सर्वोच्चले

विष्णु पौडेललाई पक्राउ गर्नुको कारण सोध्यो सर्वोच्चले

विराटनगर । सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमाथि बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको हो। रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रिहाइको आदेश माग गरिएको छ ।

पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ । विशेष अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।