मेची क्राउन सञ्चालनको तयारी

विर्तामोड । झापाको मेचीनगरमा डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

विदेशी व्यवस्थापकले मात्र नेपालका पाँचतारे होटलको व्यवस्थापन गर्दै आइरहेकोमा पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

होटलमा पवित्रकुमार कार्की, बलराम सापकोटा, सुरेशमान श्रेष्ठलगायतको लगानी छ । होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ । होटल निर्माणको काम सबै सकिएको र अब सञ्चालनको तयारीका कामहरु भइरहेको बताइएको छ ।

क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण हो । सञ्चालक पवित्रकुमार कार्कीका अनुसार वैशाखदेखि होटल सञ्चालन गर्नेगरी काम भइरहेको बताउनुभयो । १ सय ५ कोठासहितको होटलमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हलसमेत छ ।

भारतीय पर्यटकहरुलाई लक्षित गरी निर्माण भएको होटल प्रदेश १ कै पहिलो पाँचतारे होटल हो । होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरेका अनुभवी ययुवाहरुले आफ्नो पहिचान दिने सञ्चालक यादव पाण्डेको भनाई छ ।

सोमबार, १२ फागुन, २०७६, रातीको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर