धरान १० के रनको उपाधि तीर्थ र सन्तोषीलाई

धरान । खेलकुदको माध्यमाबाट स्वस्थ धरान बनाउने उद्देश्यले सञ्चालित प्रभू बैंक १० के रन आठौ नेवा च्यारिटी प्रतियोगिताको १० संस्करणका प्रतियोगितामा भारतीय सेनामा कार्यरत तीर्थ पुनले बाजी मारेका छन् ।

१० वर्ष अगाडि स्थापना भएको धरान रनको आयोजनामा भएको प्रतियोगिताम पाँचौं पटक उनले जित निकालेर ५० हजार नगदसहित उपाधि जितेका हुन् ।

प्रतियोगितामा लक्ष्म मल द्वितीय र तेस्रो खिमबहादुर खत्री भए । विजेता बनेका तीर्थले १० किलोमिटरको दूरी ३१ मिनेट २५ सेकेण्डमा, दोस्रो भएका लक्ष्मण मल्लले ३१ मिनेट ३३ सेकेण्डमा र तेस्रो हुने खिमबहादुर खत्रीले ३१ मिनेट ३६ सकेण्डमा समयमा पार गरेका थिए । दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।


महिलातर्फ सन्तोषी मायाँ श्रेष्ठले १० किलोमिटर दूरी ३४ मिनेट २६ मिनेटमा पार गर्नुभएको थियो । यस्तै दोस्रो हुने राममाया बुढाले निर्धारित दूरी ४० मिनेट ३४ सेकेन्ड र तेस्रो हुने छेन्दीमाया राईले ४२ मिनेट २ सकेण्डमा पार गर्दै क्रमशः दोस्रो र तेस्रो घोषत भएका छन् । खुल्लातर्फ प्रथम हुने पुरुष र महिलाले ५० हजार नगदसहित प्रमाणपत्र र मेडल हात पारेका थिए भने दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

यस्तै प्रतियोगितामा १२ वर्षमुनिका पुरुषतर्फ आशिष लिम्बू, सुरज राई र दिवस राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए भने सोही उमेरका महिलातर्फ प्राश्ना भण्डारी, इसिका तामाङ्ग र कुसुम राई क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै ४० वर्षमाथिका भ्याट्रनको पुरुषतर्फ दिलबहादुर श्रेष्ठ, धर्म महर्जन र सुवर्ण सुब्बा क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भएका थिए । यस्तै सोही उमेर समूहका महिलातर्फ छिरिङ लमु, भीममाया राई र गीतामाया लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

यस्तै १६ बर्ष मुनिका महिलातर्फ नन्दमाया बुढा, कृष्टिका राई र प्रशंसा वन क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । प्रतियोगितामा १२ वर्ष उमेर समूह, १६ वर्ष उमेर समूह र भ्याट्रेनबाट प्रथम, दोस्रो र तेस्रो दुबै समूहका धावकले क्रमशः ७ हजार, ५ हजार र ३ हजार पाएका छन् । विजेतालाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा ४ हजारभन्दा माथि धावकधाविकाहरु सहभागी बनेका थिए । यसपटक बंगलादेश, पूर्वोत्तर भारतका विभिन्न जिल्ला तथा राज्यबाट सहभागी बनेका थिए ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर