लोड हुँदैछ...

मेनु

लगातार छैटौं दिन नेप्से घट्यो, कारोबार रकम बढेर ३ अर्ब ९४ करोड

लगातार छैटौं दिन नेप्से घट्यो, कारोबार रकम बढेर ३ अर्ब ९४ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार छैटौं कारोबार दिन ओरालो लागेको नेप्से २ अंकले घट्दै २६४९.५१ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.३२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले घटेका छन्।

परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। बिहीबार २ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३५९ कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३९ हजार ५४६ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

यस दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावरयाम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यता, कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १०.७६ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को २८ करोड रुपैयाँभन्दा बढी र ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ को २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहका सूचक बढ्दा ८ उपसमूहका सूचक घटेका छन्। व्यापार उपसमूह १.०८ प्रतिशतले बढेर सबैभन्दा धेरै उकालो लागेको छ। होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।