विराटनगर । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी निकायहरूसँग छलफल गर्ने भएको छ । समितिले असार २ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने भएको छ ।
मोरङको कटहरीस्थित प्रदेश सभा सचिवालयमा हुने यी सबै छलफलहरू बिहान ८ः ३० बजेदेखि सुरु हुने जनाइएको छ । सार्वजनिक गरिएको तालिका अनुसार छलफलको पहिलो दिन, असार २ गते (आज) आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्य न्यायाधिवक्ताको कार्यालयसँग छलफल गरिनेछ ।
त्यसैगरी, असार ३ गते भौतिक पूर्वाधार विकास मन्त्रालय, असार ४ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र असार ५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
समितिले असार ८ गते प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश सभा सचिवालयसँग संयुक्त छलफल गर्नेछ । असार ९ गते उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको पालो तोकिएको छ ।
छलफलको अन्तिम दिन अर्थात् असार १० गते स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरीने छ ।
यस छलफलमा मन्त्रालयहरूको बजेट कार्यान्वयनको अवस्था, आर्थिक पारदर्शिता, बेरुजु फस्र्यौट र सुशासनका विषयमा केन्द्रित रहेने समितिले जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।