काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनगर्ठन हुनेमा ढुक्क रहन कार्यकर्तालाई आग्रह गरेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र बनेका बेला भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी नफुटीकन पुनर्गठन हुने दाबी गरेका हुन्।
उनले पार्टीभित्रको वर्तमान अवस्था र भविष्यको मार्गचित्रबारे कवितात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। भट्टराईले पार्टीमा कुनै लोभ र पाप नरहेको उल्लेख गर्दै आगामी दिनमा सबैको सम्मान हुने र पार्टी थप एकताबद्ध भएर अघि बढ्ने बताएका छन्। नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषयलाई लिएर पार्टीभित्र विभिन्न टिकाटिप्पणी भइरहेका बेला उपमहासचिव भट्टराईको यो अभिव्यक्ति बाहिर आएको हो। उनले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै अब पार्टीको मति सुध्रने र गति बढ्ने विश्वास दिलाएका छन्।
उनले लेखेका छन् :
‘छोक
ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुट्ने छैन
टुट्ने छैन
सबै मिल्ने छन्
थप एकताबद्ध हुनेछन्
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।