विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई नयाँ कोर्षमा लैजाने गरी संस्थापनइत्तर समूहको कोशी प्रदेशस्तरीय भेला विराटनगर सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहमा रहेका कांग्रेस नेता तथा कार्यकताहरु कार्यक्रममा उपस्थित भएका छन् ।
विराटनगरस्थित मनास्लु होटलमा सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न कांग्रेस नेता शशांक कोइराल, डा. मिनेन्द्र रिजाललगायतका पुराना तथा अग्रज नेताहरु उपस्थित छन् । यसलाई कांग्रेसभित्र विकसित हुँदै गरेको नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।