विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र गुटगत भेलाले कोशी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आज विराटनगरमा विशेष भेला आयोजना गर्दै छ । यस भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार विराटनगर पुगिसकेका छन्। महामन्त्री गुरुराज घिमिरेले भने यो भेला पार्टीको संस्थागत निर्णयबाट आयोजना नगरिएको स्पष्ट पारेका छन् । कुरा गर्दै उनले पार्टीले कोशी प्रदेश स्तरीय आधिकारिक कार्यक्रमहरू यसअघि नै सम्पन्न गरिसकेको र अहिलेको कार्यक्रम पार्टीभित्र विवाद छ भन्ने देखाउनका लागि मात्र गरिएको हुनसक्ने बताए। उनले विराटनगरमा हुने कार्यक्रमबारे सञ्चार माध्यमबाट मात्र सुनेको र केन्द्रीय समितिलाई यसबारे अतिरिक्त जानकारी नभएको उल्लेख गरेका छन् ।
यसै सन्दर्भमा, पार्टीभित्रको असन्तुष्ट पक्षलाई मनाउन र आन्तरिक एकता कायम गर्न महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको सात बुँदे सहमतिको प्रस्ताव आज सार्वजनिक भएको छ। ‘सबैसँगै बढौं यसरी’ शीर्षकमा तयार पारिएको उक्त प्रस्ताव जेठ १६ गते नै आन्तरिक रूपमा इतर पक्षलाई पठाइएको थियो। १६ दिनसम्म पनि उक्त प्रस्तावमा कुनै जवाफ नआएपछि यसलाई सार्वजनिक गरिएको हो ।
.



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।