लोड हुँदैछ...

मेनु

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

विराटनगर । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि हात्तीको आक्रमणमा परी स्थानीय ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको हो ।

आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई अचानक जङ्गलबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ । झापाका वन क्षेत्र आसपासका बस्तीमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।