लोड हुँदैछ...

मेनु

कोशीसहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

कोशीसहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका केही स्थानहरूका साथै देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । साथै, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसममा आएको यो बदलावले पहाडी र हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने र मेघगर्जनसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।