विराटनगर । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका झापाका एक युवाको दुबईमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ। कनकाई नगरपालिका–स्थित लक्ष्मीपुरका २६ वर्षीय विवेक बस्नेतको दुर्घटनामा ज्यान गएको परिवारले जनाएको छ।
परिवारका अनुसार जेठ १२ गते दुबईमा भएको सडक दुर्घटनामा बस्नेतको मृत्यु भएको थियो। दुर्घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले १५ दिनपछि मात्र उनको शव नेपाल ल्याइएको हो।
बस्नेतको अन्त्येष्टि बिहीबार कनकाईस्थित आर्यघाटमा गरिने परिवारले जनाएको छ। उनको असामयिक निधनले परिवार, आफन्त र स्थानीय समुदाय शोकमा डुबेको छ।
वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली नागरिकले विभिन्न कारणले ज्यान गुमाउने घटनामध्ये सडक दुर्घटना पनि प्रमुख कारणका रूपमा रहने गरेको छ। विवेक बस्नेतको निधनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।