लोड हुँदैछ...

मेनु

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो समय बढिरहेको मूल्यवृद्धिलाई लिएर एक विवादास्पद बयान दिएका छन्। महँगी तीन वर्षयताकै तीव्र गतिमा बढेको सरकारी तथ्याङ्क सार्वजनिक भइरहँदा ट्रम्पले आफूलाई महँगी मन पर्ने बताएका हुन्।

‘ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अमेरिकामा गत अप्रिलमा ३.८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ। यो तीन वर्षयताकै उच्च दर हो। अमेरिका र इजरायलको इरानसँग भइरहेको सैन्य द्वन्द्वका कारण इन्धनको लागत बढ्दा समग्र महँगीमा तीव्रता आएको विश्लेषण गरिएको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने, ‘मलाई यो मन परेको छ। तथ्याङ्कहरू उत्कृष्ट छन्। मलाई वास्तवमै के मन पर्छ थाहा छरु मलाई यो मुद्रास्फीति मन पर्छ।’ यद्यपि, उनले इरानसँगको युद्ध समाप्त भएपछि अहिले बढेको मूल्य ‘ह्वात्तै घट्ने’ दाबी समेत गरे।

राष्ट्रपति ट्रम्पको उक्त बयान सार्वजनिक भएको केही समयपछि नै अमेरिकी सेनाले इरानमा बमबारी गरेको थियो। ट्रम्पले अमेरिकी सेनाले रात्रिकालीन अपरेसन सञ्चालन गरी इरानबाट लाखौँ ब्यारेल तेल हटाएका कारण तेलको मूल्यमा केही गिरावट आएको दाबी गरे। उनले पत्रकारहरूसँग भने, ‘यो द्वन्द्व समाप्त भएपछि तेलको मूल्य पुरानै अवस्थामा फर्किनेछ।’

तर राष्ट्रपतिको दाबीका बाबजुद अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मानक मानिने ‘ब्रेन क्रुड’ को मूल्य भने अझै पनि युद्धपूर्वको अवस्थाभन्दा उल्लेख्य रूपमा माथि नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।