लोड हुँदैछ...

मेनु

रास्वपा कोशी प्रदेश अधिवेशन : सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

रास्वपा कोशी प्रदेश अधिवेशन : सभापतिका लागि ४ जनाबीच प्रतिस्पर्धा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मोरङको विराटचौकमा जारी पहिलो कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार प्रदेश सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

बुधबारदेखि सुरु भएको अधिवेशनमा सभापति पदका लागि वर्तमान कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश कोषाध्यक्ष चन्द्र राई चन्द्रकुमार गौली र खगेन्द्र कटुवालले उम्मेदवारी दर्ता गराएको छ। चुनावी मैदानमा रहेका चार जनामध्ये तामाङ र राईलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ।

निर्वाचन समितिका अनुसार प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ। रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ। आजको मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ।

मतदान भने अझै सुरु भएको छैन् ।

निर्वाचन समितिले मतदानको समय आज साँझ ६ बजेका लागि तय गरेको छ। रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला भेला तथा अधिवेशन सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको हो।

अधिवेशनमा प्रदेशभरबाट आएका प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिनेछन्। पहिलो चरणमा सभापति र सदस्यहरूको टुङ्गो लागेपछि मात्र अन्य पदाधिकारी चयनको बाटो खुल्नेछ। मतदान भने सुरु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।