विराटनगर । कोशी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको परिसर बुधबार बिहानको सामान्य वर्षाले जलमग्न बनेको छ ।
ढलको उचित निकास नहुँदा र निर्माणाधीन भवनका कारण अस्पतालको ओपीडी जाने सडक र परिसर जलमग्न हुने गरेको हो ।
अस्पताल परिसर डुबानमा पर्दा उपचारका लागि आएका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्नुपरेको छ । कतिपय बिरामी जमेको पानीबाटै हिँडेर ओपीडीसम्म पुग्न बाध्य थिए भने कतिपयलाई ह्विलचियरमा लैजान समेत हम्मे हम्मे परेको थियो ।
निजी अस्पतालहरूले जेठ १६ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गरेपछि अहिले कोशी अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालको तथ्याङ्क अनुसार अहिले दैनिक १८ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । तर, अस्पतालको भौतिक पूर्वाधार र ढल व्यवस्थापनको कमजोरीले सेवाग्राहीलाई थप पीडा दिएको छ ।
हेर्नुहोस् कोशी अस्पतालको ओपीडि जाने सडका केही तस्विरहरू




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।