लोड हुँदैछ...

मेनु

चौथो कारोबार दिन पनि नेप्से ओरालो, कारोबार रकममा भने वृद्धि

चौथो कारोबार दिन पनि नेप्से ओरालो, कारोबार रकममा भने वृद्धि

विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट देखिएको छ। लगातार चौथो दिन नेप्से परिसूचक घट्दै १.५४ अंकले ओरालो लागेर २७३३.५९ विन्दुमा बन्द भएको हो।

बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार कित्ता सेयर ६३ हजार ७३२ पटक कारोबार भएको थियो।

यस दिन सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशतले बढ्दा उपकार लघुवित्तको मूल्य पनि साढे ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.१६ प्रतिशत घाटा बेहोरेका छन्।

कारोबार रकमका आधारमा कृषि विकास बैंकको ८ वर्षे एग्रीकल्चर बन्ड शीर्ष स्थानमा रह्यो। उक्त बन्डको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँ तथा १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ४ समूह हरियालीमा देखिए भने ९ समूहमा गिरावट आएको छ। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहमा सामान्य वृद्धि हुँदा वित्त उपसमूह सबैभन्दा बढी १.०१ प्रतिशतले घटेको छ। बजारमा दबाब कायम रहे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता भने कायमै रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds