विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट चित्रकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित भएका छन्। प्रतिनिधि विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि पुनः मनोनयन र मतदान गराएर सम्पन्न निर्वाचनमा कार्कीले ११३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी जनक बस्नेतले ८१ मत पाए।
उपसभापतिमा किरण राउत १०१ मतसहित निर्वाचित हुँदा कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन्। सचिव पदमा सूर्यबहादुर लामा ९६ मतसहित विजयी भए भने भुवन खतिवडाले ७५ र जनार्दन कार्कीले २० मत पाए। सहसचिवमा सूर्यकुमार राई १११ मतसहित निर्वाचित हुँदा हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे।
जिल्ला सदस्यतर्फ कौसिला कार्की, अम्बरबहादुर तामाङ, गुरुदेव कार्की, हेमकुमारी चौधरी, सुशीला थापा, बब्लु गुप्ता, पवित्रा भट्टराई र सुनिता चौधरी निर्वाचित भएका छन्। सदस्य पदमा कौसिला कार्कीले सर्वाधिक १३८ मत प्राप्त गरेकी छन्। तेजमान बिक र झरना गहतराज भने निर्विरोध चयन भएका थिए।
क्षेत्र नं. १ को सभापतिमा उद्धव अधिकारी ५९ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी श्यामकुमार कार्कीले ५५ मत पाए। क्षेत्र नं. २ को सभापतिमा सामर्थ्य थापा ५५ मतसहित विजयी हुँदा मीनबहादुर खड्काले १७ मत प्राप्त गरे। क्षेत्र नं. २ को उपसभापतिमा दिनेश कार्की ५० मतसहित निर्वाचित भए।
शनिबार उम्मेदवारी दर्ता सम्पन्न भए पनि आइतबार बन्दसत्रका क्रममा प्रतिनिधि विवाद चर्किएपछि निर्वाचन समितिले सम्पूर्ण कार्यतालिका रद्द गरेको थियो। त्यसपछि सोमबार पुनः उम्मेदवारी दर्ता गराएर मतदान प्रक्रिया सञ्चालन गरिएको थियो।
आन्तरिक विवाद र तनावबीच सम्पन्न अधिवेशनपछि रास्वपा उदयपुरले नयाँ नेतृत्व चयन गरेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।