लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ गते

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ गते

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ ६ गते प्रदेशसभाको बैठक बोलाइएको छ भने त्यसको भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।

यस वर्षको नीति तथा कार्यक्रममा सरकारले केही नवीन र जनमुखी योजनाहरूलाई मुख्य प्राथमिकतामा राखेको छ । विशेषगरी, हाल निजी क्षेत्रबाट मात्र सञ्चालन भइरहेका लागूऔषध सुधार केन्द्रहरू अब सरकारी स्तरबाटै स्थापना गरिने मन्त्री पराजुलीले जानकारी दिए । प्रदेशका दुई स्थानमा स्थापना गरिने यस्ता केन्द्रका लागि विगतमा कोभिड–१९ को समयमा बनाइएका क्वारेन्टाइन स्थलहरूलाई प्रयोगमा ल्याइने सरकारको योजना छ ।

यसैगरी, पहाडी क्षेत्रबाट तराईतर्फ भइरहेको तीव्र बसाइँसराइ रोक्नुलाई सरकारले आफ्नो अर्को प्रमुख एजेन्डा बनाएको छ । पहाडबाट हुने पलायनलाई न्यूनीकरण गर्न र स्थानीयलाई थातथलोमै स्वरोजगार बनाउन पहाड केन्द्रित पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र औद्योगिकीकरणका कार्यक्रमहरू ल्याइने मन्त्री पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।