काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा मोरङका नेता सूर्यमाराज राईसहित ३९ जना नयाँ सदस्य थपिएका छन्। पार्टीका उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले रिक्त रहेका सदस्य पदहरूमा उनीहरूलाई नियुक्त गरेका हुन्।
मोरङबाट प्रतिनिधित्व गर्ने राईलाई कांग्रेसले नीति निर्माण र प्रशिक्षणको महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो। विभिन्न क्षेत्र र भूगोलको सन्तुलित प्रतिनिधित्व हुने गरी उपसभापति शर्माले यो नियुक्ति गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (१) (ग)बमोजिम यी सदस्यहरू थप गरिएका हुन्।
नवमनोनित सदस्यहरूमा पूर्वमन्त्री, बौद्धिक व्यक्तित्व, सामाजिक अभियन्ता र विभिन्न पेसागत क्षेत्रका विज्ञहरू समेत समेटिएका छन्। राई पुर्ब प्रदेशसभा सखस्य हुन् ।
थपिएका सदस्यहरूको नामावली यसप्रकार छ ः
१ं मधु आचार्य — काभ्रेपलाञ्चोक
२. डा. गोपाल दहित थारू — वर्दिया
३. अञ्जु झा — रौतहट
४. उमेश श्रेष्ठ — ललितपुर
५. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
६.मीन भाम — मुगु
७.डा. अञ्जनीकुमार झा — महोत्तरी
८. डा. यादव पण्डित — प्रवास
९. बद्री सिग्देल — वर्दिया
१०. गोपालप्रसाद पोखरेल — सुनसरी
११. श्रवण मुकारुङ — भोजपुर
१२. मोहना अन्सारी — बाँके
१३. महेन्द्रप्रसाद यादव — सप्तरी
१४. श्रीप्रसाद भलामी मगर — गुल्मी
१५. विनोद दास — बारा
१६. ई. दिपेश विष्ट — काठमाडौं
१७. डा. कृष्णप्रसाद पौडेल — कास्की
१८. प्रकाश लामिछाने — सुर्खेत
१९. सूर्यमाराज राई — मोरङ८८
२०. मनबहादुर थापा — चितवन
२१. विमला राई — खोटाङ
२२. राकेश सिंह — पर्सा
२३. नरेन्द्र पासवान — रौतहट
२४. दक्ष पौडेल — काठमाडौं
२५. कञ्चन झा — पर्सा
२६. सुमित शर्मा ‘समीर’ — धनुषा
२७. खगेन्द्र आचार्य — काठमाडौं
२८. डा. डी.बी. सुनार — अछाम
२९. रोशनी गिरी — काठमाडौं
३०. जनक चटौत — डडेल्धुरा
३१. डोलराज भुसाल — स्याङ्जा
३२. अमृत ज्ञवाली — गुल्मी
३३. एलिजा ढकाल — तनहुँ
३४. प्रकृति भट्टराई — काठमाडौं
३५. कैलाश के.सी. — सोलुखुम्बु
३६. स्वीकृति पौडेल — काठमाडौं
३७. उमंग लोहनी — चितवन
३८. गोकुल लिम्बू — ताप्लेजुङ
३९. प्रमेश खनाल — काठमाडौं




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।