लोड हुँदैछ...

मेनु

मोरङ ३ को भूमि समस्या सामान्य होइन, वास्तविक सुकुम्बासीलाई धैर्य गर्न सांसद गणेश कार्कीको अपिल

मोरङ ३ को भूमि समस्या सामान्य होइन, वास्तविक सुकुम्बासीलाई धैर्य गर्न सांसद गणेश कार्कीको अपिल

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले आफ्नो निर्वाचन क्षेत्रको भूमि तथा सुकुम्बासी समस्या अत्यन्त जटिल रहेको भन्दै यसलाई विशेष ढंगले समाधान गर्नुपर्ने बताएका छन् । उनले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई अनावश्यक भ्रम र त्रासमा नपर्न तथा धैर्य गर्न अपिल गरेका छन्।

कार्कीले मोरङ ३ को अवस्था सामान्य नरहेको र यसलाई फरक एवं विशेष दृष्टिकोणबाट हेरिनुपर्ने कुरा आफूले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन्। तर, सरकारका तर्फबाट पर्याप्त सूचना सार्वजनिक नभएको भन्दै सुकुम्बासीको समस्यालाई झन् गिजोल्ने र कचपल्ट्याउने कोसिस भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । सुकुम्बासी, अव्यवस्थित बसोबासी र दोहोरो स्वामित्वको समस्या झेलिरहेका वास्तविक पीडितहरूलाई संयमित रहन उनले आग्रह गरेका छन्।

पछिल्लो समय काठमाडौं लगायतका क्षेत्रमा सरकारी जग्गा खाली गराउने अभियान चलेसँगै देशभरका सुकुम्बासीमा त्रास फैलिएको सन्दर्भलाई जोड्दै कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको जानकारीलाई मनन गर्न सम्पूर्ण भूमिहीनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।