लोड हुँदैछ...

मेनु

लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ लोकार्पण

लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ लोकार्पण

विराटनगर । कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ विराटनगरमा सार्वजनिक भएको छ। खण्डकाव्य भोगाइ रिजालको छैठौ कृति हो र काव्यलाई छन्द वाटिका नेपालले प्रकाशनमा ल्याएको हो ।

छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली,अग्रज साहित्यकार बलराम पोखरेल एवम् साहित्यकार हरि कट्टेल र लेखक पत्नी ले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कृति उपर समीक्षक बाबुराम पोखरेलले समीक्षात्मक टिप्पणी गरे । कृति उपर टिप्पणी गर्दै उनले यो खण्डकाव्य प्रेम र राष्ट्रवादलाई केन्द्रमा राखेर लेखेको पाइएको बताए ।

त्यस्तै समालोचक प्राध्यापक कविराज पोखरेलले काव्य कथाले समाज बोलेको बताए भने प्राज्ञ खेम नेपालीले काव्य सुकुम्वासी पात्रको पीडालाई अनुभूत गर्दै आएको बताए ।

समालोचक हरि कट्टेलले कृतिबारे आफ्नो मन्तव्य राख्दै यो काव्य आकारमा लघु काव्य भए पनि आख्यान प्रस्तुतीका हिसाबले पूर्ण र खण्डकाव्य बनेको बताए । ‘यो सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक सामाजिक खण्डकाव्य हो,’ उनले भने । उनले छन्दमा लेखिएको खण्डकाव्य पढ्दा कविको लेखन कलासँग आफू निकै प्रभावित भएको बताए । कार्यक्रममा सुनसरी र मोरङका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।