विर्तामोड । चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायत वस्तु आयात गरिएको हो।
पेट्रोलियम पदार्थ आयातबाट मात्रै सो अबधिमा महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा ७ अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ भने ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।
यसैगरी १ अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६ दशमलव ६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४ दशमलव ४९० मेट्रिक टन कोइला आयात भएको कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।