झापा । झापाको झापा गाउँपालिका–१ सालमारास्थित एक घरमा अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको स्याउ प्रहरीले बरामद गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले राखिएको सूचनाका आधारमा गएको सुरक्षाकर्मीको टोलीले १०४ काटुन स्याउ बरामद गरेको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपि टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले स्थानीय जालिम मियाको घरमा छापा मारेको थियो। सो क्रममा बिल बिजक नभएको करिब २ हजार ८० केजी (१०४ काटुन) स्याउ फेला परेको हो।
बरामद गरिएको उक्त स्याउको बजार मूल्य करिब ८ लाख ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको स्याउलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको झापा प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।