लोड हुँदैछ...

मेनु

पुराना वामपन्थी नेता टंकप्रसाद गौतमको निधन

पुराना वामपन्थी नेता टंकप्रसाद गौतमको निधन

विराटनगर । राष्ट्रिय जनमोर्चाका पुराना नेता तथा सामाजिक व्यक्तित्व टंकप्रसाद गौतमको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरसँग जुधिरहेका गौतमको आइतबार साँझ विराटनगर–१२ स्थित आफ्नै निवासमा निधन भएको हो ।

संखुवासभाको चैनपुरमा जन्मिएर मोरङको गोविन्दपुर हुँदै विराटनगरलाई आफ्नो राजनीतिक र सामाजिक कर्मथलो बनाएका गौतम वामपन्थी आन्दोलनमा अविचलित र विश्वास राख्दथे । निष्ठाको राजनीति गर्ने उनी पछिल्लो स्थानीय तह निर्वाचन (२०७९) मा राष्ट्रिय जनमोर्चाको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवारसमेत बनेका थिए ।

स्वर्गीय गौतमका दुई छोरा, एक छोरी र श्रीमती छन् । उनका छोरा सरोज गौतम हाल विराटनगर महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।

गौतमको अन्तिम संस्कार सोमबार स्थानीय होटखोलास्थित परम विश्रान्ति घाटमा सम्पन्न गरिएको छ । अन्तिम बिदाइमा विराटनगरका मेयर नागेश कोइरालासहित जनप्रतिनिधिहरु, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । राजनीतिक निष्ठा र सादगी जीवनका पर्याय गौतमको निधनले स्थानीय वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।