लोड हुँदैछ...

मेनु

भन्सार छलेर भारतबाट ल्याएको कपडा बरामद

भन्सार छलेर भारतबाट ल्याएको कपडा बरामद

विराटनगर । सुनसरीको देवानगंज क्षेत्रमा भारतबाट भन्सार छली गरेर ल्याइएका कपडा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी का अनुसार आइतबार दिउँसो अवैध रूपमा कपडा ल्याउँदै गरेका व्यक्तिहरू प्रहरी चेकिङ देखेपछि सामान छोडेर फरार भएका थिए ।

देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा प्रहरी चौकी कप्तानगंजबाट खटिएको टोलीले चेकिङ गर्दा शंकास्पद गतिविधि देखिएपछि बोरा फेला पारेको थियो। बोरा खोलेर हेर्दा करिब ४६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न कपडा बरामद भएको छ ।

बरामद कपडाहरूलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतु बन्ध पठाउने तयारी गरिएको छ । फरार व्यक्तिहरूको खोजी कार्य पनि प्रहरीले तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।