लोड हुँदैछ...

मेनु

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर दिउँसो करिब सवा ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनामध्ये ११ वर्षीय बालक मनिष कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज अर्यालले जानकारी दिए। घटनालगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।

उद्धारपछि घाइतेहरूलाई मनकामना सामुदायिक अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। घाइते हुनेहरूमा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल रहेका छन् । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक सुशान लिम्बु फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।