लोड हुँदैछ...

मेनु

संघीय संसदको उपसभामुखमा रुविकुमारी ठाकुर निर्वाचित

संघीय संसदको उपसभामुखमा रुविकुमारी ठाकुर निर्वाचित

विराटनगर । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार २५ वर्षकी रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज उपसभामुख निर्वाचन भएको थियो। आज प्रतिनिधि सभामा २५६ जना सांसद उपस्थित थिए।

रूबीकुमारीका पक्षमा २२९ मत प्राप्त भएको सभामुख डिपी अर्यालले जानकारी दिए। विपक्षमा ५ मत र तटस्थमा २२ मत परेको उनले बताए।

श्रम संस्कृतिकी उम्मेदवार ठाकुरका पक्षमा रास्वपा, नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृतिले मत दिएका थिए।

यसैबीच उपसभामुख पदमा प्रतिस्पर्धामा रहेकी राप्रपाकी उम्मेदवार सरस्वती लामाको पक्षमा जम्मा ५ मत खसेको छ । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ । आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।

को हुन् रुबीकुमारी ?

नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।

दुई विघा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ । रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी छन् । सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजारजति कमाउँथिन् ।

चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक रुबीले उनलाई भेटेकी थिइन् । साम्पाङबाट प्रभावित बनेर उनी श्रम संस्कृति पार्टीको चुनाव प्रचारप्रसारमा हिँड्न थालिन् ।

त्यसै वापत पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिकमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds