विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त हुनुभएको छ। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले हिंजै श्रम मन्त्रीमा रहेका दिपक साहलाई पदमुक्त गरेका थिए । उनको ठाउँमा रामजी नियुक्त गरिएको हो । उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।