काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।
आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।