लोड हुँदैछ...

मेनु

उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको समर्थन : धोका दिएको राप्रपाको गुनासो

उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको समर्थन : धोका दिएको राप्रपाको गुनासो

विराटनगर । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनअघि राजनीतिक समीकरण आधा घण्टामै फेरिएको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तिम समयमा निर्णय परिवर्तन गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई उपसभामुखमा समर्थन गरेको हो ।

यसअघि रास्वपाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले बताएका थिए। सोही आधारमा राप्रपाबाट सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी थिइन्। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीका अनुसार रास्वपा सभापति रवि लामिछानेले नै फोन गरेर उपसभामुखमा समर्थन गर्ने बताएका थिए ।

राप्रपाले खुस्बु ओलीलाई उपसभामुखको उम्मेदवार बनाउने चर्चा रहेकोमा रास्वपाकै चाहना अनुसार सरस्वती लामालाई उम्मेदवार बनाएको नेताहरुले बताएका थिए । तर, अन्तिम समयमा रास्वपाले निर्णय फेर्दै श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ ।

रास्वपाको समर्थन पाएपछि ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ। उनलाई नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपाले यसअघि नै समर्थन गरेका थिए ।

राप्रपा संसदीय दलका नेता शाहीले भने रास्वपासँगको कुराकानीपछि आफूहरूले उम्मेदवारी दर्ता गराएकोमा अहिले आश्चार्यचकित भएको बताए ।
रास्वपाले समर्थन फेरेकोबारे सञ्चारकर्मीहरूको जिज्ञासामा उनले असन्तुष्टि जनाउँदै भने, “यदि अर्को पार्टीलाई समर्थन गर्ने थियो भने रास्वपा सभापतिले मलाई किन फोन गर्नुभयो ?”

श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुर समानुपातिक सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।