लोड हुँदैछ...

मेनु

कोशी अस्पतालमा स्वास्थ्यमन्त्रीलाई गुनासोको चाङ

कोशी अस्पतालमा स्वास्थ्यमन्त्रीलाई गुनासोको चाङ

विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई विराटनगरस्थित कोशी अस्पतालमा बिरामीका आफन्तले गुनासोको चाङ लगाएका छन् ।

अस्पतालको निरीक्षणका लागि आज दिउँसो पुगेकी मन्त्री महोतोलाई बिरामीका आफन्तले घेरेरै अस्पतालको सेवा प्रवाहमा देखिएका ढिलासुस्ती र बेथितिबारे आक्रोश पोखेका हुन् ।

अस्पतालको ओपीडी, आकस्मिक कक्ष र वार्डहरूको निरीक्षण गर्ने क्रममा बिरामीका कुरुवाहरूले औषधि नपाएको, घण्टौँसम्म पालो कुर्नुपरेको र अस्पतालमा सरसफाइको अभाव रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कतिपयले स्वास्थ्य बीमाको सेवा लिन सास्ती झेल्नुपरेको गुनासो समेत मन्त्रीलाई सुनाएका थिए ।

बिरामीका आफन्तले एकपछि अर्को गर्दै आफ्ना समस्या र पीडा सुनाइरहँदा मन्त्री महोतोले भने निकै बेर गम्भीर भएर ती कुराहरू सुनिरहिन् । तर, उनले ती गुनासोका सम्बन्धमा न त कुनै ठोस आश्वासन दिइन्, न कुनै प्रतिक्रिया नै जनाइन् । निरीक्षणभरि मन्त्री महोतो मौन देखिएपछि गुनासोकर्ताहरू भने केही निराश देखिएका थिए ।
अस्पताल प्रशासनका अनुसार मन्त्रीको भ्रमण नियमित निरीक्षणको सिलसिलामा भएको भए पनि बिरामीका पक्षबाट आएका गुनासाहरूले अस्पतालको वस्तुस्थिति उजागर गरेको छ । मन्त्रीले केही नबोली अस्पतालबाट बाहिरिएपछि त्यहाँ उपस्थित बिरामीका आफन्तहरूले ‘गुनासो त सुनियो, तर समाधान कहिले हुने ?’ भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds