लोड हुँदैछ...

मेनु

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी लिइएको हो।

हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि विदेशमा छन् । गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा ‘जेन–जी विद्रोह’ का क्रममा आगजनी भएको थियो। उक्त घटनामा घरमा क्षति हुनुका साथै जलेको अवस्थामा नगद रकम भेटिएको भन्दै विभिन्न भिडियो सार्वजनिक भएका थिए।

सोही घटनाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसकै नेता दीपक खड्का लाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। देउवा दम्पतीमाथि पनि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान तीव्र बनाइएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।