लोड हुँदैछ...

मेनु

ओली–लेखकमाथिको अनुसन्धान चैत २५ गतेभित्र सक्न सर्वोच्चको आदेश, अब म्याद थप नहुने

ओली–लेखकमाथिको अनुसन्धान चैत २५ गतेभित्र सक्न सर्वोच्चको आदेश, अब म्याद थप नहुने

विराटनगर । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले ओली र लेखकलाई थुनामुक्त गर्न दायर बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। तर, परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।

‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।