विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा मतदान सुरु भएको छ। महासंघको जारी ८औँ प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।
यस पटकको निर्वाचनमा राजेन्द्र राउत र नवीन रिजालले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षले आ–आफ्नो समूहलाई बलियो दाबी गर्दै व्यावसायिक हकहितका एजेन्डाहरू अघि सारेका छन् ।
निर्वाचन समितिले मतदान सकिए लगत्तै मतगणना सुरु गरी आजै नयाँ नेतृत्वको घोषणा गर्ने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।