लोड हुँदैछ...

मेनु

डोलप्रसाद अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

डोलप्रसाद अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)लाई सभामुख बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका थिए। प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीको निर्णयअनुसार अर्यालले शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । सभामुखको निर्वाचन यही चैत २२ गतेका लागि तय गरिएको छ।

रास्वपाको संसदमा एकल बहुमत रहेकोले सभामुख पदमा अन्य दलबाट उम्मेदवारी पर्ने सम्भावना न्यून छ। अर्याल काठमाडौं–९ बाट निर्वाचित सांसद हुन्। उनले यसअघि श्रम मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

अर्र्यालले गृहमन्त्री बन्ने चाहना राखेका थिए । सभापति लामिछाने निकट रहेका उनलाई गृहमन्त्री बनाउन लामिछानेको पनि जोड थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङलाई गृृहमन्त्री बनाउने अडान लिएपछि अर्याल सभामुख बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।