काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि १६५ रुपैयाँको गिरावट आएको छ ।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।
यसअघि गत मंगलबार भने छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।