लोड हुँदैछ...

मेनु

बालेन सरकार बनेपछि सेयर बजारमा पहिरो : चार दिनमा १७३ अंकको गिरावट

बालेन सरकार बनेपछि सेयर बजारमा पहिरो : चार दिनमा १७३ अंकको गिरावट

काठमाडौं । नयाँ सरकार गठनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार अस्थिरता देखिएको छ। यस साताको पछिल्ला चार दिनको कारोबारमा तीन दिन बजार ओरालो लाग्दै एक दिन मात्र अल्पकालीन सुधार आएको छ।

आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८३१.३९ विन्दुमा पुगेको थियो। सोमबार फेरि ४७.७१ अंकले ओरालो लागेर २,७८३.६८ विन्दुमा कायम रह्यो। मंगलबार बजार १९.७० अंकले बढेर २,८५१.०९ विन्दुमा पुगेको थियो, तर बुधबार पुनः ७४.७३ अंकले घटेर २,७७६.३६ विन्दुमा स्थिर रह्यो। यसरी आइतबारदेखि बुधबारसम्म कुल गिरावट १७३.०८ अंकको भएको छ।

बुधबार बजारमा ३४७ कम्पनीका सेयर कारोबार भए। १३ कम्पनीको मूल्य बढे भने २५५ कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबार रकम १२ अर्ब १० करोड रुपैयाँ पुग्यो, जुन मंगलबारको तुलनामा करिब ९ प्रतिशत बढी हो।

मूल्य बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इन छन्। मूल्य घटाएका कम्पनीमा नेपाल पुनर्बीमा (९.८४%), सप्तकोशी डेभलपमेन्ट बैंक (७.२८%) र नेशनल हाइड्रोपावर (७.१७%) रहेका छन्।

समूहगत सूचक सबै ओरालोमा रहे। व्यापार समूह सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेको छ। बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल–पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन–प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ प्रतिशतले तल झरे।

विशेषज्ञहरूले नयाँ सरकारको नीति–अनिश्चितताका कारण लगानीकर्ताको सतर्कता बढेको र बजारमा तीन दिन लगातार गिरावट आएको बताएका छन्। मंगलबार आएको १९.७० अंकको सुधार अल्पकालीन ‘रिबाउन्ड’ भएको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।