लोड हुँदैछ...

मेनु

दुई दिनमा ११८ अंक गुमाएको नेप्सेले जोड्यो १९ अंक

दुई दिनमा ११८ अंक गुमाएको नेप्सेले जोड्यो १९ अंक

काठमाडौं । लगातार दुई दिन उच्च गिरावट भोगेको शेयर बजार मंगलबार भने सुधारिएको छ। आइतबार ७१.०५ अंक र सोमबार ४७.७१ अंक घट्दै कुल ११८.७६ अंक गुमाएको नेप्से परिसूचक मंगलबार १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा बन्द भएको छ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार १२ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ११ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ८५ करोड रुपैयाँले कम हो।

यस दिन ३३९ वटा धितोपत्रको २ करोड ७९ लाख ४२ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। कुल १९५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ९ कम्पनी स्थिर रहेका छन्।

मंगलबार ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सूर्यकुण्ड हाइड्रोपावर ९.९७ प्रतिशतले उकालो लागेको छ।

यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ। त्यस्तै एनआइसी एसिया ब्यालेन्स फण्ड पनि ५.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहँदै ४८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा अपी पावर रहँदै ४० करोड ३८ लाख रुपैयाँको कारोबार गरेको छ।

१३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूह बढेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ।

लगातारको गिरावटपछि बजारमा आएको यो सुधारलाई विश्लेषकहरूले अल्पकालीन ‘रिबाउन्ड’का रूपमा हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।