लोड हुँदैछ...

मेनु

दोस्रो दिन नेप्सेमा पहिरो, दुई दिनमै ११८ अंकको गिरावट

दोस्रो दिन नेप्सेमा पहिरो, दुई दिनमै ११८ अंकको गिरावट

विरानगर । बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएपछि शेयर बजारले फड्को मार्ने आम अपेक्षा विपरित लगातार दोस्रो दिन पनि नेप्से परिसुचकमा पहिरो गएको छ ।

नयाँ सरकार गठन भएपछि आइतबार खुलेको शेयर बजारमा ७१ अंकको गिरावट भएकोमा सोमबार थप ४७.७१ अंकले ओरालो लाग्दै दुई दिनमै कुल ११८.७६ अंकले बजार घटेको छ।

नेप्से परिसूचक ३ हजारको बिन्दुमा पुग्ने अपेक्षा लगानीकर्ताको रहेकोमा झरेर २८३१.३९ विन्दुमा आइपुगेको छ । कारोबार रकम पनि घट्दै आइतबारको १५ अर्ब ३ करोड रुपैयाँबाट सोमबार १२ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ ।

सोमबार दिन ३४१ वटा धितोपत्रको ३ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। जम्मा २६ कम्पनीको शेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन्।

बजार घटे पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी र होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । सुपर खुदी हाइड्रोपावर ९.९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावर ९.९८ प्रतिशतले उकालो लागेको छ।

सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेर ६७५ रुपैयाँमा झरेको छ भने युनिक नेपाल लघुवित्त ७.२३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहँदै ६८ करोड ४१ लाख रुपैयाँको कारोबार गरेको छ। त्यसपछि ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारकाक १३ वटै उपसमूहको परिसूचक घट्दा समग्र बजार दबाबमा परेको छ। व्यापार समूह सर्वाधिक २।५६ प्रतिशतले घटेको छ।

नयाँ सरकार गठनपछि बजार बढ्ने अपेक्षा गरिए पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको छ । सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेसँगै सडक आन्दोलन सुरु भएकोले लगानीकर्ता आत्तिएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds